ADVERTISING

Breaking News

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्। यो सहमतिसँगै प्रधानमन्त्री ओलीको उपस्थितिमा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल भएको थियो। प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएपछि बैठकमा सहभागी भएका हुन्।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको छ भने सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको हो।

leave a reply