ADVERTISING

Breaking News

उखु किसानहरुको आन्दोलनमा कांग्रेस र जसपाको ऐक्यबद्धता

काठमाडौ । उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ऐक्यवद्धता जनाएका छन् । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । सो क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न काठमाडौं आएको बताए ।
किसानको आन्दोलनलाई एक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरुलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउन माग गरे । उनीहरुले सरकारले छिटो भन्दा छिटो किसानका माग पुरा नगरे आफुहरुले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिए ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइ दिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

leave a reply