ADVERTISING

Breaking News

फिफाद्वारा वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक, रोनाल्डो, मेस्सी र लेवान्डोस्की सूचीमा

एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफालेसार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई समेटेको छ ।

युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको शो । लेवान्डोस्कीले बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

रोनाल्डोले गत सिजन ईटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो पकड कायमै राखेका छन् ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्ज, डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीनमा परेका छन् । महिलातर्फ प्रशिक्षकमा चेल्सीकी एम्मा हेअस, लियोनका जेन भासेर र नेदरल्यान्डकी सारिना विग्मन मनोनयनमा छन् ।

महिला गोलरक्षकका लागि लियोनकी सरह बौहादी, पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर छन् । पुरुषतर्फ प्रशिक्षकमा लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, बायर्नका हान्स फ्लिक र लिभरपुलका योर्गेन क्लोप रहेका छन् ।

गोलरक्षकको उपाधिका लागि लिभरपुलका एलिसन बेकर, एटलेटिको म्याड्रिडका जान ओब्लाक र बायर्नका कप्तान म्यानुएल नोएर छन् ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्डका लागि टोटेनहमका सन ह्युङ मिन, हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका छन् । फिफाले डिसेम्बर १७ मा विजेताको नाम घोषणा गर्नेछ ।

leave a reply