ADVERTISING

Breaking News

क्यानडाद्वारा फाइजर–बायोएनटेकको कोरोनाको खोप सर्वसाधारणलाई प्रयोगका लागि स्वीकृति

क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई प्रयोगका लागि स्वीकृति दिएको छ । क्यानडा सो खोपलाई स्वीकृत दिने दोस्रो मुलुक हो । क्यानडाको स्वास्थ्य नियामक निकायले उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित खोपलाई स्वीकृति प्रदान गरेको हो । खोप उत्पादकले यो महिनामा खोपका दुई लाख ४९ हजार डोज क्यानडालाई दिने तयारी गरेको छ । शुक्रबार बेल्जियमबाट खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान थाल्ने उसको तयारी छ । बेलायतमा मंगलबारदेखि नै खोप लगाउन थालिसकिएको छ । अमेरिकाले बिहीबार खोपलाई स्वीकृति दिने तयारी गरेको छ ।

leave a reply