ADVERTISING

Breaking News

सडक विस्तारको नाममा मौलिक अधिकार हनन गरेको भन्दै आयोगमा ज्ञापनपत्र

काठमाडौ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आफ्नो मानवअधिकारको रक्षा गर्न माग गर्दे राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । सरकारले सडक विस्तारको नाममा बाँच्न पाउने जनताका मौलिक हक अधिकार हनन गरेको भन्दै संघर्ष समितिले सोमबार आयोगको ध्यानाकर्षण गराएको हो । सर्वोच्च अदालतले समेत अवज्ञा गरी राज्यका तर्फबाट सडक विस्तारका नाममा घर भत्काउने र विदाको समयमा पनि डोजर चलाएर समुदायमा आतंक सिर्जना गर्ने काम तत्काल बन्द पनि उनीहरुले माग गरेका छन् ।
सर्वोच्च आदेश कार्यान्वयनका लागि सरकारलाई सचेत गराउन आग्रह गर्दै समितिले शान्तिपूर्ण रुपमा धर्ना दिने अभियन्ताहरुमाथि लगाइएका झुठ्ठा मुद्दा खारेज गर्न माग गरेका छन । एक लाख पचास हजार बढी स्थानीय समुदाय प्रभावित हुने गरी राज्यले नियम विपरित सडक विस्तारको नाममा दमन गरिरहेको पीडितको आरोप छ । ऐतिहासिक र पुरातात्विक महत्वका स्थानमा असर गर्ने काम भइरहेको भन्दै स्थानीयले त्यसलाई समेत रोक्न माग गरेका छन् ।

leave a reply