ADVERTISING

Breaking News

कञ्चनपुरमा सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका( २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा खसेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका-४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन् । उनीहरू दुवै जनाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

leave a reply