ADVERTISING

Breaking News

मोरङको दक्षिणी सिमावर्तीका ६ वटा स्थानीय तहमा पठनपाठन सुचारु हुँदै

मोरङ : मोरङको दक्षिणी सिमावर्तीका ६ वटा स्थानीय तहले मंसिर १५ गतेबाट पठनपाठन सुचारु गर्ने भएका छन् । रतुवामाई, सुनवर्सी, रङ्गेली, धनपालथान, जहदा र कटहरीमा कक्षा सञ्चालन हुने भएको हो ।

स्थानीय तहका सरोकारवालाको बैठकले स्वास्थ्य सतकर्ता अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य जाँच, नियमित साबुन पानी, मास्क तथा सेनिटाइजर प्रयोगलाई अनिवार्य गरिने भएको छ ।

विद्यालयमा सामाजिक दुरी कायम गर्न पनि निर्देशन दिइएको छ । स्वास्थ्य सामाग्री स्थानीय तहले विद्यालयहरुलाई उपलब्ध गराउने भएका छन् । संक्रमित कोही भेटिएमा १४ दिन आइसोलेसनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

leave a reply