काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ३१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० जना पुगेको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख २३ हजार ७ सय ५४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ९ सय १० जना रहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ५९ पुगेको छ ।
१४४२ कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु
