ADVERTISING

Breaking News

सुदूरपश्चिम प्रदेशले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै उनले संक्रमितको उपचार निःशुल्क हुने जानकारी दिदै प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्न समेत निर्देशन दिएका हुन । मुख्यमन्त्री भट्टले भविश्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न पनि निर्देशन दिएका छन ।
मुख्यमन्त्री भट्टले अस्पतालहरुका अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैयाको थप एक अस्पताल निर्माणको तयारी थाल्न समेत निर्देशन दिए । छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताए ।

छलफलमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी, सेती प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष दुर्गा प्रसाद जोशी लगायत सरोकारवालाको सहभागिता थियो ।

leave a reply