ADVERTISING

Breaking News

२८१७ कोरोना संक्रमित थपिए, थप २१ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६५ पुरुष र १ हजार १ सय ६६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना संक्रमित थपिएका छन । अहिले काठमाडौंमा १५ हजार ५ सय २२, भक्तपुरमा १ हजार १ सय २९ र ललितपुरमा २ हजार २ सय ५ जना सक्रिय संक्रमित छन । एकै दिन प्रदेश १ मा ३ सय ३० , प्रदेश २ मा ७४, बागमतीमा १ हजार ७ सय ९४ संक्रमित थपिएका छन । त्यस्तै गण्डकीमा २ सय ४२, लुम्बिनीमा २ सय ९८, कर्णालीमा २० र सुदुरपश्चिममा ५९ जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । तिमध्ये २९ हजार ९ सय २० जना होम आइसोलेसनमा, ६ हजार २ सय २२ जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये गम्भिर अवस्थामा रहेका ३ सय ९८ जनाको सघन उपचार कक्ष र ८२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ । नेपालमा निको हुनेको दर ८१ दशमलब एक प्रतिशत रहेको छ । अहिले देशभर क्वारेन्टिनमा १ हजार १ सय ४९ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म देशभर १५ लाख ४० हजार ७७ पीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणवाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय आठ पुगेको छ ।

leave a reply