ADVERTISING

Breaking News

अमेरिका निर्वाचन २०२० : जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

काठमाडौं:  अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।

उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो । कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो अस्वेत र आप्रवासी महिला उपराष्ट्रपति हुन् ।

leave a reply