काठमाडौं: मैत्रिपूर्ण खेलका लागि बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारेन्टिन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बिहीबार नै ढाका पुगेको नेपाली टोलीले स्वास्थ मापदण्ड अनुसार क्वारेन्टाइन बसाईमा शुक्रबार सामान्य अभ्यास गरेको हो । यसअघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म नतिजा अझैं आएको छैन । पिसिआर परिक्षणको नतिजा आएपछि नेपाली टिमले मैदानमा स्वास्थ्य मापदण्ड पालना गरेर अभ्यास शुरु गर्ने तालिका रहेको छ । होटलको छतलाई खेलाडीले सामान्य अभ्यास गर्ने स्थल बनाएका छन् । एक साता क्वारेन्टिन बसाई पछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ । कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । मैत्रिपूर्ण खेलका लागि २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम ढाकामा छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ ।
नेपाली फुटबल टोली क्वारेन्टिनमा

Post navigation
Posted in: