ADVERTISING

Breaking News

महोत्तरीका स्थानीय तहहरुले काम नै नगरी ठेकेदारलाई रकम भुक्तानी दिने गरेको खुलासा ! (भिडियो रिर्पोट)

महोत्तरी: महोत्तरीका स्थानीय तहमा काम नै नगरी ठेकेदारलाई रकम भुक्तानी दिने गरेको देखिएको छ । एकडारा गाउँपालिकामा ठेकेदारले काम सम्पन्न भएको झुठो प्रतिवेदन पेश गरेर भुक्तानी लिएको खुलेको हो ।
महोत्तरीको एकडारा गाउँपालिकामा ठेकेदारले योजना अनुसारको काम सम्पन्न नगरेपनि झुठो प्रतिवेदन पेश गरेर ठेकेदारले भुक्तानी लिएको भेटिएको छ । एकडारा–५ बेहडा गाउँमा रहेको स्कुलको पोखरीको जिर्णौद्धार र सौन्दर्यकरणको काम पुरा नहुँदै भुक्तानी दिइएको हो ।

सो पोखरीको पुर्ननिर्माण महोत्तरी तीनबाट निर्वाचित जनता समाजबादी पार्टीका नेता महन्थ ठाकुरको पूर्वाधार विकास कार्यक्रमको पचास लाखको लागतमा निर्माण गरिएको हो । पोखरीको असी प्रतिशत काम रहेपनि कार्य सम्पन्न भएको मुल्यांकन गराएर ठेकेदार राज इन्टरप्राईजेजले प्रतिवेदन पेश गरेपछि गाँउपालिकाले भुक्तानी दिएको हो ।

असार मसान्तमा महोत्तरीमा बाढी आएकै बेला स्थानीय तहले पोखरी सौन्दर्यकरणको का गर्नुले पनि निर्माण प्रक्रियामै आशंका स्थानीयले गरेका छन । जिर्णौद्धार र सौन्दर्यकरणका नाममा पोखरी पहिले भन्दा बिगार्ने काम भएको पनि उनीहरुको आरोप छ । तर गाँउपालिकाले भने नियमपूर्वक नै पोखरीको काम भएको र अनियमितता नभएको दावी गरेको छ ।

गाँउपालिकाले पोखरीको काम राज इन्टरप्राईजेज लाई ४१ लाखमा दिएको थियो । तर ठेकेदारले पोखरीमा कामै नगरी ३७ लाख ८हजार ५ सय ८६ रुपैया भुक्तानी लिइसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । स्थानीयको पोखरी निर्माणमा अनियमिता भएको भन्दै छानविनका लागि जिल्ला प्रशासनमा समेत निवेदन दिएका छन ।

leave a reply