ADVERTISING

Breaking News

आर्सनलले १४ वर्षमा पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा हरायो

एजेन्सी : आर्सनलले म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोलीलाई एक शुन्यले हराएको हो ।

आर्सनलका लागि पिएर–एमरिकले निर्णायक गोल गरे । जितपछि सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौँ स्थानमा छ । म्यानचेस्टर युनाइटेड सात अंकसहित १५ औँ स्थानमा छ ।

अर्को खेलमा टोटनह्यामले ब्राइटनलाई दुई–एक गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले गोल गरे । ब्राइटनका लागि तारिक लाम्प्टीले गोल गरे । जितपछि सात खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ ।

एभर्टन न्यूक्यासलसँग दुई एक गोलले पराजित हुँदै तेस्रो स्थानमा पुग्ने मौका गुमाएको छ । न्यूक्यासलका लागि कालम विल्सनले दुई गोल गरे । एभर्टनका लागि काल्भर्ट–लेविनले इन्जुरी समयमा एक गोल फर्काए ।

पराजित भएको एभर्टन सात खेलबाट १३ अंकसहित तेस्रो स्थानमा झरेको छ । ११ अंकसहित न्यूक्यासल ११ औँ स्थानमा छ । एस्टन भिल्लालाई चार तीन गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन भने शीर्ष तीनमा उक्लिएको छ ।

leave a reply