ADVERTISING

Breaking News

फ्रान्समा एक ग्रीक अर्थोडक्स पादरीमाथि गोली प्रहार

एजेन्सी : फ्रान्सको लियोन शहरमा बन्दुक आक्रमण भएको छ । आक्रमणकारीले एकजना ग्रीक अर्थोडक्स पादरी निकोलस काकाभेलायकिस माथि गोली चलाएका हुन् । पेटमा दुई गोली लागेको पादरीको अवस्था गम्भीर रहेको छ ।

अन्धाधुन्ध गोली चलाएर फरार आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसअघि दक्षिणी फ्रान्सेली शहर नीसस्थित एक चर्चमा चक्कु हमला हुँदा तीन जनाको मृत्यु भएको थियो । मुसलमानप्रति अनुदार मानिने फ्रान्समा बारम्बार इस्लामिक जिहादीहरुले आक्रमण गर्ने गरेका छन् । यसअघि चर्चित व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालय लगायतका स्थानमा आतंकवादी हमला समेत भैसकेको छ ।

leave a reply