ADVERTISING

Breaking News

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण

काठमाडौं : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

उनमा विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको थियो । प्रसाईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनका छोरा राजेशलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

leave a reply