ADVERTISING

Breaking News

स्पेनमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

एजेन्सी : स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पश्चिम यृुरोपमा यति धेरै संख्यामा संक्रमित हुने स्पेन पहिलो मुलुक हो । बुधबार स्पेनमा १६ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।

एकैदिन थप १ सय ५६ जनाको संक्रमणवाट मृत्यु भएको छ । अहिलेसम्म स्पेनमा १० लाख पाँच हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । विश्वमा १० लाख भन्दा बढीमा संक्रमण पुष्टि हुने स्पेन छैटौँ देश हो ।

अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा यसअघि नै सो आँकडा पूरा भएको थियो । महामारीको पहिलो लहर नियन्त्रणमा लिएका युरोपेली मुलुकमा अहिले दोस्रो लहर सुरु भएको छ । स्पेनमा कोरोनाका कारण हालसम्म ३४ लाख ३ सय ६६ जनाको ज्यान गइसकेको छ ।

leave a reply