ADVERTISING

Breaking News

कालापानी सीमा विवादका विषयमा तत्कालै वार्ता नहुने भारतको संकेत

काठमाडौं । भारतले कालापानी क्षेत्रमा रहेको सीमा विवादका विषयमा तत्कालै वार्ता हुने सम्भावना नरहेको संकेत गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको कालापानीको विषयमा पुरानै पोजिसन यथावत रहेको बताएका हुन । उनले नेपालसँग वार्ता वारे पत्रकारले सोधेको प्रश्नमा सीमाको विषयमा भारतीय अडान यथावत नै रहेको बताए ।
नेपालमा मन्त्रिपरिषदको पुनर्गठन भएकाले कालापानीको विषयमा वार्ताको कुनै कुरा अगाडि बढ्छ भनी सोधिएको प्रश्नमा प्रवक्ता श्रीवास्तवले सीमाका विषयमा अहिले नै भन्नुपर्ने केही नभएको बताएका हुन । कालापानी क्षेत्रको भुभाग समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग वार्ताका लागि पहल गर्दै आएको छ । तर भारतले त्यसमा चासो देखाएको छैन । चीनसँग सीमा विवादमा पटक पटक वार्ता भएपनि नेपालसँग भारतले कुरा गर्न नै चाहेको छैन ।

leave a reply