ADVERTISING

Breaking News

उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२९६, ललितपुरमा २९३, भक्तपुरमा ९५ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ जना महिला र ४ जना पुरुष तथा ललितपुरमा एक जना पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

leave a reply