ADVERTISING

Breaking News

कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

उत्तर प्रदेशको हाथरथमा सामूहिक बलात्कारपछि ज्यान गुमाएकी युवतीको परिवारसँग भेट गर्न जान लागेका भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीबाट हाथरस गईरहेका कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीलाई उत्तर प्रदेश पुलिसले गिरफ्तार गरेको हो । दुबै जनालाई ग्रेटर नोएडा नजिकैबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । उत्तर प्रदेश पुलिस र कांग्रेसका कार्यकर्ताको बीचमा झडप समेत भएको छ । राहुलले प्रहरीले आफूमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन । भारतको उत्तर प्रदेशको हाथरथ जिल्लामा सेप्टेम्बर १४ मा सामूहिक बलात्कारको शिकार बनेकी एक दलित युवतीको मंगलबार मृत्यु भएको थियो । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । घटनाको विरोधमा मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग समेत भएको छ ।

leave a reply