ADVERTISING

Breaking News

अधिकांश मन्त्री फेर्ने दाहालको प्रस्तावमा प्रधानमन्त्री ओलीको असहमति

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच आज पनि दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच छलफल भएको हो ।

छलफलमा ठोस् सहमति जुटन नसकेपनि कुराकानीलाई निरन्तरता दिने सहमति दुवै अध्यक्षले गरेका छन् । केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली–दाहालबीच सहमति जुटन नसकेको बताइएको छ । दुई नेताबीच बिहीबार, शुक्रबार र आइतबार पनि यही विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा रहेका छन् । असोज छ गतेको नेकपा सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

त्यसयता दुई अध्यक्षबीच निरन्तर छलफल भएपनि ठोस सहमति जुटेको छैन । सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत कुरा भैरहेको बताईएको छ ।

leave a reply