ADVERTISING

Breaking News

भक्तपुरमा शिव शिखर कृषि सहकारीले सञ्चालनमा ल्यायो गार्डेन मार्ट

काठमाडौं : भक्तपुरको शिव शिखर कृषि सहकारीले देशभर पचासवटा मार्ट सञ्चालनको तयारी गरेको छ । उपभोक्तालाई एकै छानामुनी सबै सामान उपलब्ध गराउने उद्देश्यले दोस्रो मार्ट सोमबार भक्तपुरको सल्लाघारीमा सञ्चालनमा ल्याएको छ ।

उपभोक्तालाई सस्तो र सुलभ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले सोमबारवाट भक्तपुरमा गार्डेन मार्ट संचालनमा आएको छ । भक्तपुरस्थित शिव शिखर कृषि सहकारीले सल्लाघारीमा मार्ट सञ्चालनमा ल्याएको हो । शिव शिखर सहकारीले भक्तपुर र आसपासका उपभोक्तालाई सुबिधा दिने गरी जिल्लामै पहिलो पटक सुबिधा सम्पन्न मार्ट सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

अन्य स्थानमा भन्दा मूल्य पनि केही सस्तो रहेकाले उपभोक्ताले मार्टलाई रुचाउने सञ्चालनको विश्वास छ । एउटै छानमुनि सबै सामान पाउने गरी मार्ट सञ्चालनमा आएकोमा उपभोक्ताले पनि खुसी ब्यक्त गरेका छन ।

मार्टमा दैनिक उपभोग्य सामाग्री, कपडा, भाडाकुँडा लगायतका सामाग्री उपलब्ध छन । सहकारीले यसअघि डडेलधुरामा मार्ट सञ्चालनमा ल्याइसकेको छ । दाङको तुलसीपुरमा तेस्रो मार्ट कार्तिक १ गतेवाट सञ्चालमा ल्याउने तयारी छ ।

२०७७ सालभित्र देशभर पचास वटा मार्ट सञ्चालनमा ल्याउने सहकारीको तयारी छ । सहकारीले कोरोना संक्रमणका विचपनि आफ्ना ग्राहकलाई नियमित सेवा दिदै आएको थियो ।

leave a reply