ADVERTISING

Breaking News

कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

एजेन्सी : विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दश लाख नाघेको छ । आज विहानसम्म विश्वभर १० लाख २ हजार भन्दा बढीको मृत्यु भएको हो । ३ करोड ३२ लाख ९७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये २ करोड ४६ लाख २१ हजारभन्दा बढी निको भएका छन् ।

सबैभन्दा अमेरिका ७३ लाख २० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहा २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ४५ लाख ५१ हजार ३ सय २१ संक्रमित निको भएका छन् ।

त्यस्तै भारतमा संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ भने ९५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४७ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ । त्यहा १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भएको छ ।

leave a reply