ADVERTISING

Breaking News

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण

काठमाडौं : वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १४ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका तीन जना, कालिकामाईका पाँच, पर्सागढीका पाँच र सखुवा प्रसौनीकाएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको कोल्हवीका तीन, महागढीमाईका दुई र जितपुर सिमराका एकजनामा संक्रमण देखिएको छ । रौतहटको गढीमाईमा २, माधव नारायणमा एक र इलाका प्रहरी कार्यालय गरुडामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

leave a reply