ADVERTISING

Breaking News

जनकपुर–जयनगर खण्डमा सञ्चालन हुने दुई थान इलेक्टोनिक रेल भोली जनकपुर आइपुग्ने

भारतवाट जनकपुर–जयनगर खण्डमा सञ्चालन हुने गरी दुई थान इलेक्टोनिक रेल भोली जनकपुर आइपुग्ने भएका छन । नेपालको जनकपुर हुँदै भारतको जयनगर खण्डमा गुड्ने रेल नेपालको राष्ट्रिय झन्डा रातो र निलो रङमा तयार पारिएको छ । दुबै रेल जनकपुर आएपछि भारत सरकारले रेल्वे विभागलाइ हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । परीक्षणपश्चात विधिवत सञ्चालन नहुन्जेल रेललाई जयनगरमै राखिने रेल्बे विभागले जनाएको छ । ब्रोडगेज रेलखण्ड तयार भए पनि रेल नहुँदा सेवा सुचारु हुन सकेको थिएन । यसअघि रहेको न्यारो गेजलाई हटाएर भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ । दुई बर्षअघि नै जनकपुर जयनगर रेल सञ्चालनको तयारी सरकारले गरेको थियो । नयाँ इलेक्टोनिक रेलले एकपटकमा १३ सयसम्म यात्रु बोक्न सक्ने बताइएको छ । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल भारतीय कम्पनीमार्फत खरिद गरेको हो ।

leave a reply