ADVERTISING

Breaking News

प्रधानमन्त्री ओली आफ्नो कुरा राखेर स्थायी समिति बैठकबाट बाहिरिए, दाहालको अध्यक्षतामा बैठक जारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् । अर्का कार्यकारी अध्यक्ष दाहाललाई बैठकको अध्यक्षता गर्न जिम्मा दिएर उनी बैठकबाट बाहिरिएका हुन् ।

स्थायी समितिका एक जना सदस्यले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एकैछिन बैठकमा बसी दाहाललाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएर बाहिरिएको बताए । अध्यक्षद्वयको प्रस्ताव पारित गरी स्थायी समिति बैठक आजै सकाउने नेकपाको तयारी छ ।

आन्तरिक किचलो र प्रधानमन्त्री ओलीको राजीनामाको माग पछि स्थगित बैठक डेढ महिनापछि बसेको हो । बैठकमा छलफलका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्ताव अध्ययनका लागि हिजो नै स्थायी समिति सदस्यहरुलाई उपलब्ध गराइएको थियो । अध्यक्षद्वयको प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने लगायतका विषय उल्लेख छ ।

leave a reply