ADVERTISING

Breaking News

कोरोनाको संक्रमित ९०२ जना थपिदा २२८७ जना निको भए ,थप ६ जनाको मृत्यु

काठमाडौं : नेपालमा एकैदिन दुई हजार भन्दा बढी मानिस मानिस कोरोना भाइरस संक्रमण मुक्त भएका छन । पछिल्लो २४ घन्टमा २ हजार दुई सय ८७ जना कोरोनामुक्त भएका हुन । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ । अहिलेसम्म निको हुनेको दर ६८ दशमलब पाँच प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या भने ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप नौ सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । पछिल्लो २४ घन्टामा १० हजार ६ सय ११ वटा पीसीआर नमूना परीक्षण गर्दा ५ सय ९५ पुरुष र ३ सय सात महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका का ३००, भक्तपुर ५८ र ललितपुरका ३८ जना रहेका छन । त्यस्तै मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, रुपन्देहीमा २१ र कैलालीमा ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ हजार ८ सय ६८ जना आइसोलेसनमा रहेका छन । तिमध्ये ८ हजार ५३ संस्थागत आइसोलेसन र ६ हजार ८ सय १५ होम आइसोलेसनमा रहेका छन । त्यस्तै आईसीयुमा १ सय ४४ जना र भेन्टिलेटरमा ४४ जनाको उपचार भैरहेको छ । देशभरका क्वारेन्टिनमा ५ हजार ३ सय १० जना बसिररहेका छन । अहिलेसम्म कोरोना भाइरस संक्रमण परीक्षणका लागि ७ लाख ८८ हजार १ सय ७४ पीसीआर नमूना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणवाट थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला रहेका छन । मृत्यु हुनेमा पर्साका दुई, सुनसरीm काठमाडौं र कपिलबस्तुका एक–एक जना पुरुष छन । काठमाडौंमै एक महिलाको पनि कोरोनावाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ३ सय छ पुगेको छ ।

leave a reply