ADVERTISING

Breaking News

विश्व बैंकद्धारा नेपालला १ अर्ब २७ करोड अनुदान सहयोग

काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ ।विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विशव बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।
अनुदानले कोरोना संक्रमणले शिक्षा क्षेत्रमा पारेको प्रभाव कम गर्न र प्रतिकार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

leave a reply