ADVERTISING

Breaking News

विवादित बनेको रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्ममा सम्पन्न गर्ने निर्णय

काठमाडौं:  लामो समय विवादित बनेको रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्ममा सम्पन्न गर्ने निर्णय भएको छ । बिहीबार आक्रोशित भीडले निषेधाज्ञा तोड्दै रथ तान्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार जात्रा २६ गतेसम्म सकाउने निर्णय भएको छ । उनका अनुसार २१ गते क्षमा पुजा गर्ने, २२ गते रथबाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ । उपयुक्त साईत हेरेर रथबाट मुर्ति निकालेपछि २६ गते सम्म बुङमती पु¥याइने जानकारी दिए । बैठकमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, प्रहरी प्रमुख गुठी सस्थान प्रमुख, गुठियार लगायतको उपस्थिति थियो ।
यसैबीच, ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र भोलि विहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा विहीवार स्थानीय र प्रहरीबीच झडप भएपछि कफ्र्यू जारी गरिएको हो । स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नका लागि कफ्र्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

leave a reply