ADVERTISING

Breaking News

उपत्यकाको निषेधाज्ञावारे औपचारिक निर्णय भोली हुने

काठमाडौ । उपत्यकाका निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । आज उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वुधवार वेलुकादेखि निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा छलफल गरेका हुन । दोस्रोपटक थपिएको निषेधाज्ञा बुधवार मध्यरातसम्म कायम रहेकाले त्यसपछिको निषेधाज्ञावारे औपचारिक निर्णय भने भोली मात्रै हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । निषेधाज्ञाको स्वरूप केही फेर्न भने तीन जिल्लाको बैठकले गृहलाई सिफारिस गरेको छ । नीजि सवारीमा जोर विजोर र होम डेलिभरी खुकुलो बनाउदै अन्यलाई यथावत राख्न सुझाव दिईएको बुझिएको छ । संक्रमण बढदै गएकाले निषेधाज्ञा हटाउन नहुने बैठकको निस्कर्ष छ । भदौ ३ देखि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा १० गते १७ गतेसम्म थप गरिएको थियो । पछिल्लो समय उपत्यकामा करिव छ हजार संक्रमित पुगेका छन् । यस्तो अवस्थामा निषेधाज्ञा गरेर मात्र नभई परीक्षणको दायरा पनि बढाउनुपर्ने विज्ञको सुझाव छ । तर परीक्षण दायरा बढन सकेको छैन ।

leave a reply