पर्सा : पर्साको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जानकारी दिएको हो ।
संक्रमितमध्ये पर्साका ३२ जना, बाराका ५ जना र एक जना सर्लाहीका छन । संक्रमितमध्ये श्रीपुरका १२, छपकैयाका तीन र अन्य विभिन्न वडाका बासिन्दा छन् । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका चार जना विरामीमा पनि संक्रमण देखिएको छ ।
कालिकामाई गाउँपालिका ९, जिराभवानी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । बाराको कोल्भीमा ३ र महागढीमाईका २ जनामा संक्रमण पुष्टि भएको छ ।