ADVERTISING

Breaking News

केन्द्रीय कारागारका प्रहरी र कैदीबन्दी गरि १०६ जनामा कोरोना संक्रमण

काठमाडौ । केन्द्रीय कारागार सुन्धारामा कार्यरत प्रहरी र कैदीबन्दी पनि कोरोना संक्रमित भएका छन । कारागारमा कार्यरत ५० कैदीबन्दी र ५६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ । बाँकीलाई कीर्तिपुरस्थित आइसोलेसन सेन्टरमा राखिएको छ । देशभरका ७४ कारगारवाट कैदीबन्दीहरू उपचारका ल्याउने क्रममा विरामी बन्दी र अस्पतातमार्फत संक्रमण फैलिएको आशंका गरिएको छ ।
पछिल्लो पटक १ सय ५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै जना १ सय ६३ कैदीबन्दी र १ सय ४२ प्रहरीको स्वाब परीक्षण गर्दा अधिकांशमा संक्रमण पुष्टि भएको हो । कारागारको तीन वटै ब्लकमा रहेको कैदीबन्दीमा संक्रमण देखिएपछि जोखिम थप बढेको छ । देशभरका जेलमा क्षमता भन्दा दोब्बर कैदी भएकाले जोखिम उच्च देखिएको छ । कोरोना संक्रमण लगत्तै कारागारले कैदीबन्दीसँँग भेटघाट भने बन्द गरिसकेको छ ।

leave a reply