ADVERTISING

Breaking News

चीनको वुहान राज्यका विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः शुरु हुँदै

एजेन्सी : कोरोना भाइरस को संक्रमण सुरु भएको चीनको वुहान राज्यका विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको छ । वुहानका २ हजार ८ सय ४२ विद्यालयमा हुन लागेको हो ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन सरकारले निर्देशन दिएको छ ।

विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ । कोरोना संक्रमण फैलिएपछि वुहानका १४ लाख वालवालिका विद्यालय जान बन्चित थिए ।

वुहानमा विश्वविद्यालयहरु भने शुक्रबारवाट नै खुला गरिएका छन् । कोरोनाका कारण वुहानमा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको थियो । अप्रिलमै सामान्य अवस्थामा फर्केको वुहानमा अहिले संक्रमित भेटिएका छैनन् ।

leave a reply