ADVERTISING

Breaking News

उपत्यकामा थपिए १८२ जना संक्रमित, काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १८२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ग्रिनसिटी अस्पतालबाट बिहीबार बलम्बुस्थित एपीएफ अस्पतालमा लगिएका ७७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

leave a reply