रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर दुईको खेसरहियामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर हनुमान मन्दिरका पूजारी श्रीराम साहको मृत्यु भएको हो । मन्दिरको आरति सकेर खाना खाँदै गर्दा साहमाथि गोली प्रहार भएको बताइएको छ । गोली कसले र किन हान्यो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
रौतहटको खेसरहियामा गोली प्रहारबाट एक जनाको मृत्यु

Post navigation
Posted in: