ADVERTISING

Breaking News

अछाममा बाढीले दर्जनौं घर बगायो

अछाम : अविरल वर्षासँगै अछामका विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले दर्जनौं घर बगाएको छ । रामारोशन गाउँपालिका वडा नम्बर पाँचस्थित कैलाश खोलामा आएको बढीले सैनी बजारका दर्जनौं घर बगाएको हो । खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको छ । बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली अझै पुगेको छैन ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ । बुढीगंगा नदिमा आएको बाढीले साफेबगर नगरपालिका चारमा संयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । बाढीले सिचाइ कुलो र मन्दिर समेत बगाएको छ । बाढीले तटबन्ध समेत बगाएको स्थानीयले बताएका छन ।

कासेबग र सिसमघाडीबाट नदिले कटान गर्दा साफेबगर बिमानस्थल र पुलबजार र विमानस्थलमा समेत बाढी पस्ने सम्भावना देखिएको छ । साफेबगर नगरपालिका एक बैजनाथमा बुढीगंगा नदिमा निर्माण गरिएको तटबन्ध पनि बाढीले बगाएको छ । बैजनाथ मन्दिर समेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

साफेबगर नगरपालिका तीन देउझाल, नदिले कटान गर्दा सडकमा पहिरो, छोटो तथा लामो दुरीका सवारी आवतजावत ठप्प भएको छ । साफेबगर नगरपालिका सातको चिउरिनाव, बागर, कटुरे सिमल स्थानका खेतियोग्य जमिनमा पनि बाढीले क्षति गरेको छ । बाढी आएसँगै तटिय क्षेत्रका नागरिक त्रसित रहेका छन् ।

leave a reply