ADVERTISING

Breaking News

दाङमा रात्रिकालीन निषेधाज्ञा : साँझ ७ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक

दाङ : दाङमा सोमबारबाट पाँच दिनका लागि रात्रिकालीन निषेधाज्ञा जारी गरिएको छ । गएरातिदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सामाजिक जमघट तथा हिँडडुलमा प्रशासनले प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएकाले आगामी भदौ ८ गतेसम्मका लागि यस्तो ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारि गोबिन्द रिजालले जानकारी दिए ।

यो समयमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दाङमा हाल सक्रिय संक्रमितको संख्या ५० भन्दा बढी रहेको छ । त्यो संख्या दुई सय भन्दा बढी भएमा लकडाउन गर्ने तयारी प्रशासनको छ ।

leave a reply