ADVERTISING

Breaking News

पोखरिया नगरपालिकाका प्रमुखसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण

पर्सा : पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा किट्स अभाव भएपछि काठमाडौं टेकुमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । नगरप्रमुख रौनियारसहित उनको परिवारका ८ जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनीका ६ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरु क्वारेन्टिनमा रहेका र कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरु छनसाउनमा मात्रै पर्सामा १ हजार १ सय ५४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

leave a reply