ADVERTISING

Breaking News

कालिकोटमा खोलाले बगाउँदा चार जनाको मृत्यु

काठमाडौ । कालिकोटमा खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपलिका–सात माइती भएकी अछामकी देवा बोहोरासहित उनका तीन जना छोराछोरीलाई स्थानीय उत्सव खोलाले बगाएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनीहरुलाई हिजो साँझ खोलाले बगाएका उनीहरुको शव आज मात्रै भेटिएको हो । देवासहित उनकी १४ वर्षीया छोरी विपना बोहरा, ७ वर्षीय छोरा हेमन्त बोहरा र एक वर्षीया छोरी आकृति बोहराको खोलाले बगाएर मृत्यु भएको हो । आमाको वार्षिक पुण्य तिथिमा माइत गएकी देवालाई दिदीको घर जाने क्रममा खोलो तर्न खोज्दा बगाएको प्रहरीले जनाएको छ ।।

leave a reply