ADVERTISING

Breaking News

सिन्धुपाल्चोक पहिरो: पाँच जनाको शव फेला, ३३ जना बेपत्ता, पाँच जनाको अवस्था गम्भीर

काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परी पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ वटा घर बगाउँदा ३८ जना बेपत्ता भएका थिए । तिमध्ये पाँच जनाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । पहिरोमा परी बेपत्ता हुनेमा बेपत्ता हुनेमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ र बिबी लक्ष्मी छन । त्यस्तै स्थानीय सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री, सानुकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ र सानु दोङ पनि हराइरहेका छन । साथै टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङको अवस्था पनि बेपत्ता छन । त्यस्तै धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङपनि पहिरोमा हराइरहेका छन । पहिरोमा परेका १५ जनाको उद्दार गरिएको छ । तिमध्ये गम्भीर घाइते पाँच जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत जिल्ला अस्पताल चौतारा लगिएको छ । पहिरोबाट ३० घर प्रभावित भएको छ । ति मध्ये १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बस्ती माथिबाट आएको पहिरोले घरहरु पुरेको हो । पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन
यसैबीच, सभामुख एवम् सो क्षेत्रका सांसद अग्निप्रसाद सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका छन ।

leave a reply