ADVERTISING

Breaking News

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा चार घण्टा सकारात्मक छलफल

काठमाडौ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आज नौ दिनपछि छलफल भएको छ । दुई अध्यक्षविच करिव चार घन्टा सकारात्मक छलफल भएको बताइएको छ । पार्टीभित्र देखिएको विवादलाई अन्त्य गर्ने गरी दुई अध्यक्षबीच आज सकारात्मक छलफल भएको दाहालको नीजि सचिवालयले जनाएको छ । दुई नेताविच महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, लगायतका विषयमा छलफल भएको बुझिएको छ । दुई अध्यक्षविच शुक्रबार पनि छलफल गर्ने सहमति भएको छ । हिजोमात्रै प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीको विवादमा पाँच दिनभित्र सहमति जुट्ने बताएका थिए । दुई अध्यक्षविचको वार्तामा केही समय महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरु शंकर पोखरेल र जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीच साउन बीस गतेपछि पहिलो पटक वार्ता भएको हो । प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर पछिल्लो समय नेकपा भित्रको विवाद तीब्र बनेको छ ।

leave a reply