ADVERTISING

Breaking News

रौतहटमा शनिबारदेखि एक हफ्ता निषेधाज्ञा

काठमाडौ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । बुधबार जारी सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ ।

भारत लगायतका अन्य मुलुकबाट हुने सबै प्रकारको आवगमनलाई रोक लगाएको र सीमा नाकाहरु पूर्ण रुपमा सिल हुने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन् ।

leave a reply