काठमाडौ । प्रहरी प्रधान कार्यालयमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको थियो। परीक्षणका क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।