ADVERTISING

Breaking News

लक्षण सहितका कोरोना संक्रमितहरु भेटिन थाले

काठमाडौ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको भयाबह बढ्दै गएको छ । सरकारले लकडाउन खुकलो गरे पछि काठमाडौंमा बजार, सार्बजनिक यातायात सबै खुलेका छन् । सरकारले भिडभाड कम गरि सामाजिक दुरी कायम गर्न केही सर्त राखेपनि व्यवाहरमा मानिसको भिड र चहलपहल बढेको छ ।
गत शुक्रबार काठमाडौं उपत्यकामा १६ जनालाई संक्रमण देखिएको थियो । जस्मध्ये असनमा पसल गर्दै आएका एक पुरुष र महिलामा लक्षण सहित कोरोना संक्रमण देखियो । भारतको सीतामढीबाट १९ दिनअघि काठमाडौं फर्किएर परीवारमा घुलमिल भइ बसेकी महिलाको परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण देखियो । पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ आयो ।
शुक्रबार भेटिएका संक्रमित १६ जना मध्य नौ जनालाई कोरोनाको लक्षण देखिएको छ । यसअघि देशभरिनै भेटिएका नगन्य संक्रमितमा मात्र लक्षण देखिएको थियो ।

एकदिन अघि बिहीबार पनि १० जनामध्ये २ जनामा कोरोनाको लक्षण देखिएको थियो । भारतबाट फर्केका कालीमाटीमा तरकारी पसल गर्ने पुरुष तथा बाराका एक स्वास्थ्यकर्मीमा ज्वरो देखिएपछि उपचारका क्रममा काठमाडौं आएर परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । श्रीमतीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखियो ।

लकडाउन खुलेकै दिन असार ६ मा भेटिएका १५ जना कोरोना संक्रमित मध्य ५ जनामा कोरोना लक्षण पाइएको थियो ।  यस हिसाबले पनि पछिल्लो समय लक्षण सहितको कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको देखिन्छ
उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

leave a reply