ADVERTISING

Breaking News

स्पेनमा कोरोना नियन्त्रणका लागि नयाँ नियम लागू

एजेन्सी : स्पेनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नयाँ नियम लागू गरिएको छ । दोस्रो चरणको संक्रमण बढदो क्रममा देखिएपछि पुन सतर्कर्ता अपनाइएको हो । स्पेनको उत्तर–पूर्वी क्षेत्रमा क्याटलोनियामा संक्रमण बढ्न थालेपछि दुई हप्ताका लागि रात्रीकालिन ब्यवसाय बन्द गरिएको छ ।

बेलायत र नर्वेले स्पेनबाट फर्कने सबैले आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरेका छन् । फ्रान्स र जर्मनीले पनि सावधानी अपनाउन सुरु गरेको छ ।

केही समययता युरोपमा कोरोना संक्रमण बढदो क्रममा देखिएको छ । विश्व स्वास्थ्य संगठनले संक्रमणबाट कुनैपनि देश चोखो नरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । ठूला शहर र जनसंख्या धेरै भएका अमेरिका र दक्षिण एसियाका देशमा संक्रमण तिब्र गतिमा फैलिएको उसको भनाइ छ ।

विश्वभर एक करोड ५९ लाख ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । ६ लाख ४३ हजार भन्दा धेरैको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख ४६ हजारको मृत्यु भएको छ । त्यस्तै दोस्रो स्थानको ब्राजिलमा ८६ हजारले ज्यान गुमाएका छन् ।

leave a reply