ADVERTISING

Breaking News

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप नआउने डब्ल्यूएचओको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस विरुद्धको खोप सन् २०२१ भन्दा अघि नआउने बताएको छ । शोधकर्ताहरुले खोप निर्माणमा राम्रो प्रगति हासिल गरेका भए पनि २०२१ भन्दा अघि खोपको पहिलो प्रयोगको संभाबना नरहेको डब्ल्यूएचओ का इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले बताएका छन् ।

खोप निर्माणको कार्यमा प्रगति भइरहेपनि अहिलेको अबस्था कोरोना भाइरस नियन्त्रणको पहलनै महत्वपूर्ण भएको प्रोग्राम प्रमुख रयानले बताएका छन् ।
खोप निर्माणपछि वितरण प्रक्रिया सबै राष्ट्रमा न्यायोचित समान होस् भन्ने सुनिश्चित गर्नको लागि डब्ल्यूएचओ लागिपरेको उनले भनाइ छ ।

leave a reply