उत्तरपूर्वी भारतको एक राष्ट्रिय निकुञ्जमा हालैको बाढीका कारण एक सय भन्दा बढी जंगली जनावर मरेका छन् । एक साताअघिको बाढीमा आसामको काजिरङ्गा निकुञ्जमा आठ एकसिंगे गैँडा सहितका जनावर मारिएका हुन । निकुञ्जका अनुसार मनसुनमा आठवटै गैँडा पानीमा डुबेर मरेका हुन । हरिण, अर्ना, दुम्सीजस्ता दर्जनौँ अन्य जनावरहरू पनि पानीमा डुबेर र पानीबाट बच्न सुरक्षित स्थानतर्फ जानलाग्दा गाडीको ठक्करबाट मरेका छन । यो वर्षको मनसुनका कारण सो निकुञ्जको ८५ प्रतिशत भूभाग पानीमा डुबेको कारण जनावरहरुको मृत्यु भएको हो । काजिरङ्गा निकुञ्जमा लोपोन्मुख एकसिङ्गे गैँडाको संंख्या संसारमा नै सबैभन्दा धेरै रहेको छ । २ हजार ४ सय एकसिङ्गे गैँडा रहेको काजिरङ्गा निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ ।
भारतको एक राष्ट्रिय निकुञ्जमा बाढीका कारण एक सय भन्दा बढी जंगली जनावर मरे
