ADVERTISING

Breaking News

खोलाको पानी पसेपछि सुकुम्बासी वस्ती जलमग्न

काठमाडौं । लगातार परेको वर्षाले काठमाडौं उपत्यकाका खोला नदीहरु उर्लिदा पानीको सतह बस्तीमा छिरेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका सुकुम्बासी वस्तीहरु जलमग्न भएका छन् ।

वागमतीमा आएको बाढीले थापाथली खोला किनारका वस्ती डुवानमा परेको छन् । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । खोलाको जलसतह बढेर बस्तीमा पुग्दा आसपासका सडकहरु पनि डुवानमा परेका छन् ।

 

leave a reply