ADVERTISING

Breaking News

साहित्यकार झमक घिमिरेलाई घर हस्तान्तरण

काठमाडौं । साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ।  एक करोड ८० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त घर तीनतले छ। घर घिमिरेको ४०औँ जन्मजयन्तीका उपलक्ष्यमा हस्तान्तरण गरिएको हो।घिमिरेको सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो।

धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छिन्। जसका कारण उनी बोल्न र हिँडडुल गर्न सक्दिनन्। साथै उनी खुट्टाको सहायताले लेखेर संवाद गर्छिन्। खुट्टाको तीन वटा औँला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाउएकी थिइन्।

leave a reply