ADVERTISING

Breaking News

मर्यादा हराएकाे संस्कार

  • केदार कोइराला

सर्वाबाधाविनिर्मुक्ताे धनधान्यसुतान्वित:
मनुष्याे मत्प्रसादेन भविष्यति न संशय: ॥

भगवानकाे प्रसादद्वारा मनुष्य सबै बाधा अड्चनबाट मुक्त हुन्छ । धनधान्य र परिवारबाट सुख प्राप्त गर्दछ । धर्म ग्रन्थले यही भन्छ । अर्काे कथन पनि छ- स्त्रीले लाज बिर्सेपछि, पुरूषले संस्कार छाेडेपछि र गुरूले धर्म भुलेपछि अनर्थ हुन्छ । अनर्थै अनर्थ हुन थालेपछि धर्मयुग कलियुगमा रूपान्तरित हुन्छ ।

मैले चिनेकाे डा.भाेला रिजाल काम, नाम र दाम तीनै विधामा खलि खाइसकेकाे सफल ब्यक्तित्व हुनुहुन्छ । मैले पछिल्लाे पटक देखेकाे डा. रिजाल लठ्ठीकाे सहारामा गाडीबाट ओर्लंदै हुनुहुन्थ्याे, ह्याम्स अस्पतालकाे प्राङ्गणमा । मलाई थाहा थिएन ह्याम्स अस्पतालकाे व्यवस्थापकीय अभिभावक पनि उहाँ नै हुनुहुँदाे रहेछ । मेराे कर्मकाे आँखाले देखेकाे दृष्टान्त, अस्पताल बिरामीकाे लागि स्वास्थलाभकाे मन्दिर हाे । चिकित्सक पुजारी हुन्, बिरामी त मात्र मन्दिरप्रति श्रद्दा राख्ने भक्त । उपचारकाे प्रकृया र खर्चबर्चकाे व्यवस्थापन कालबेला अनुसार बेलगाम दाैडिरहेकै छ । हुनेले ओड्छन् झल्लरी छाता भनेजस्तै सक्नेले सुविधा सम्पन्न अस्पतालकाे सेवा लिने हाे, नसक्नेले वीर अस्पतालकाे चिसाे छिंडीमै प्राण त्याग्ने हाे । याे कटु यथार्थ कसैबाट छिपेकाे छैन । लगानी र आर्जन नै व्यापार हाे । तर व्यापारकाे नाममा आर्जनभन्दा अलि पर मानवियता र उत्तरदायित्व पनि त हुन्छ हाेलानी हैन र ?

सतहत्तर वर्षीय वृद्धाकाे उपचार कथा ह्याम्स अस्पतालकाे पछिल्लाे दृष्टान्त हाे । याे कथासँगै गरिवीकाे ब्यथाले थिलथिलाे परेकाे हाम्राे समाज र यस समाजभित्रै माैलाउँदै गरेकाे दानव प्रवृत्तिकाे जगजगि ह्याम्स अस्पतालकाे एउटै घटना, उदाहरणका लागि काफी छ । आमाकाे उपचारमा बसेकी छाेरीमाथि परेकाे आर्थिक बज्रपात एकातिर छ भने अर्काेतिर आफैं अस्पतालकाे बन्दी हुनुपरेकाे बेदनाले प्रताडीत हुनुपरेकाे छ एउटा छाेरीले । रहरले दुःख बेसाउनु कसैकसैका लागि मनाेरन्जन हुन सक्ला । तर बाध्यताकाे कष्ट जिवनमरणकाे घटना नहाेला भन्न सकिन्न् । परिवन्धकाे चक्रब्यूहमा परेकी देवमाया जस्ता हजाराैं छाेरीहरूले दैनिक भाेग्नु पर्ने भाेगाइप्रति नतमस्तक छाैं हामी किन ? के शानसाैकातले थुनेकाे हाे हाम्राे मुख ? हाेइन भने खाेइ त देवमायाले न्याय पाएकाे । खाेइ त तपाईंकाे मुख खुलेकाे ?

ह्याम्स अस्पतालमा उपचाररत दुई जना ...

हातमुख जाेर्न धउधउ परिरहेकाे याे बेला दैनिक सत्र हजार देवमायाले कहाँबाट ल्याएर बुझाउने अस्पतालमा ? काेराेना भएकाे भन्ने अस्पतालकाे रिपाेर्ट नै शंकास्पद छ । जिम्मेवार डाक्टर नै चुराे कुराे बताउन हिचकिचाई रहेका छन् भन्ने कुरा गर्दैछिन् देवमाया । यसकाे सत्यतथ्य बुझ्ने हाम्राे प्रयासलाई अस्पताल प्रशासनले पन्छाई रहेकाे छ । किनभने हामीले प्रशारण गरेकाे समाचारले अस्पतालकाे बेइज्जत भयाे रे । देवमायामाथि दवाब दिँदैछ अस्पताल प्रशासन । मुख किन खाेलिस भन्दै तनावमाथि तनाव थप्दैछ ।

पैसा तिर् जा भनिरहेकाे छ । अस्पतालले जे गरे पनि, जे भने पनि विश्वास गर्नुपर्ने बाध्यता छ । काेराेना भएकाे भन्दै गर्दा रिपाेर्ट दिन चाहँदैन अस्पताल । काेराेना भएकाे भन्दै दिनदहाडै ठगी भइरहेकाे छ अस्पतालमा भन्छन् देवमायाका आफन्त । तर हामी लाचार तमासे मात्रैमा सिमित भइरहेका छाैं । एउटा अस्पतालकाे लापरबाही राेक्न नसक्ने निरीह भएकै हाैं त हामी ? प्रश्नले उब्जाएका प्रतिप्रश्नकाे सामु राख्ने । मेराे अन्तिम अस्त्र मैले श्रद्दा र सम्मान गर्ने डा.भाेला रिजालकाे कान सम्म याे दुखान्त घटना पुगाेस् भन्ने मेराे भित्री चाहना भएरै यी शब्दांश काेरेकाे हुँ । मलाई के विश्वास छ भने त्याे उचाइकाे ब्यक्तित्वले नेतृत्व गरेकाे अस्पतालमा यस्ताे तुच्छ कार्य हुनु हुँदैन । कस‌ैबाट अञ्जानमा भएकाे हाे भने क्षमायाचना गर्न हिचकिचाउनु कदापी हुन्न । हाेइन जानीजानी वा नीतिगत लुटतन्त्र ह्याम्सकाे व्यवसायिकता हाे भने त मैले भन्ने राम राम मात्रै हाे । कुनै पनि काम गर्नुभन्दा पहिला साेच्नु बुद्धिमानी, काम गर्दागर्दै साेच्नु सतर्कता र काम सकिएपछि साेच्नु मूर्खता हाे भन्ने कुराकाे हेक्का राख्नु जरूरी हुन्छ । संस्कारले मर्यादा जन्माउँछ मर्यादित ब्यक्तित्व अनवरत संस्कारी हुन्छ । ह्याम्स अस्पतालले देखाएकाे व्यवहार न मर्यादित छ न त संस्कारी नै ।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

leave a reply